असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भइरहेको छ ।

आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजनालगायत विषय उल्लेख छ ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत कार्यसूची निर्धारण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया