श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको,.. – डा. बाबुराम भट्टराई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज पहिलोपटक सम्बोधन गरेका छन् । उनले वर्तमान गठबन्धन इङ्गित सरकारलाइ लक्षित गर्दै गरेको ब्यङ्य प्रहार लगत्तै जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट ओलीका भनाइप्रति कटाक्ष गरेका छन् ।

उनले भनेका छन्, ‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठूलो स्वर!’

प्रमुख प्रतिपक्षी एमालेका नेता ओलीले सरकार परिवर्तन हुनु, गठबन्धन बन्नु तथा सरकारका न्युनतम साझा कार्यक्रममाथि केन्द्रित रहेर अभिव्यक्ति दिएका दिए। ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना हुँदा पनि केहि काम नभएको भन्दै सरकार र गठबन्धनको आलोचना गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार