श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत रु १२ लाख ६१ हजार सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ‘अक्सिजन सिलिण्डरका लागि मेरो एक हजार अभियान’अन्तर्गत रु १२ लाख सङ्कलन भएको छ ।

कोरोना भाइरस सङ्क्रमण दोस्रो लहरको सङ्कट बढ्दै जाँदा शुरु भएको यस अभियानअन्तर्गत रु १२ लाख ६१ हजार २३५ सङ्कलन भएको कोभिड–१९ सेल्फहेल्प समूह सुर्खेतले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । देशैभरि तीव्र गतिमा फैलिएको कोरोना सङ्क्रमणले तत्कालीन समयमा प्रदेशका सबैजसो अस्पतालमा अक्सिजनको चरम अभाव भएपछि नेपाल पत्रकार महासङ्घ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीको संयोजकत्वमा पाँच युवा सम्मिलित समूहले सो अभियान थालेको थियो ।

अभियानअन्तर्गत पुरीको खातामा रु तीन लाख ९४ हजार ४९५, मिलन श्रेष्ठको खातामा रु पाँच लाख ४६ हजार ९५१, धर्मराज आचार्यको खातामा रु ७७ हजार ८२२ र उक्त टोलीले शुरुआत गरेको सनराईज बैंकको खातामा रु दुई लाख ४२ हजार १६७ जम्मा भएको संयोजक पुरीले जानकारी दिए ।

सङ्कलित रकममध्ये कर्णाली प्रदेश अस्पतालमा आठ दिनसम्म दैनिक रु। १०० का दरले १५० बिरामी, त्यसका कुरुवा र स्वास्थ्यकर्मीलाई रु एक लाख २० हजारको पोषिलो खाजा वितरण गरिएको, अक्सिजन सिलिण्डर रिफिल खर्च रु ७६ हजार ८४२, सिलिण्डर खरिद एक थान २५ हजार, अक्सीमिटर तथा स्यानिटाइजर खरिद ४५ हजार ६००, छवटा शव व्यवस्थापन सहयोग खर्च ३० हजार र एम्बुलेन्स सञ्चालन खर्च ५५ हजार ७०० भएको संयोजक पुरीले बताए ।

कूल सङ्कलित रकममध्ये रु तीन लाख ५५ हजार ३४२ खर्च भएको तथा रु आठ लाख ८४ हजार ४१८ समूहको खातामा जम्मा भएकाले त्यसबाट एम्बुलेन्स किन्ने तयारी गरिएको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया