श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मानुषी लघुवित्तको आईपीओमा १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानुषी लघुवित्त वित्तीय संस्थाले साउन २७ गतेदेखि जारी गरेको आईपीओमा बिहीबारसम्ममा १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

सिडिएसका अनुसार हिजोसम्ममा १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो । जुन मागभन्दा आवेदन ४८ दशमलव २१ गुणा बढी हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

कम्पनीको निष्काशन गरेको कुल आइपीओमध्ये ५ हजार ४६९ कित्ता कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई विक्रि गर्ने जनाएको व्यवस्था गरको छ ।

आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि छिटोमा साउन ३१ गतेसम्म र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया