काठमाण्डौंः चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा काली गण्डकी गाउँपालिका–७ भुर्तुङका ३६ वर्षीय पुरुष पक्राउ परेका छन् ।
उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
बालिकालाई स्वास्थ्य परीक्षण गरी राखिएको प्रहरीले बताएको छ। ती पुरुषलाई आइतबार जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने तयारी रहेको पाण्डेले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया