काठमाडौंः साउन २७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ ।
मागभन्दा ६५ दशमलव २० गुणा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि आज (साउन ३१) गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया