श्रावण ४, २०८२ आइतबार July 20, 2025

मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भदौको तृतीयादेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक देखिएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा बर्सेनि मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको शुरुवात भएसँगै सम्पूर्ण मिथिलाञ्चलमा रौनक देखिन शुरु भएको मटिहानीका स्थानीय बासिन्दा शङ्कर मण्डलले बताए ।

आउदो पूर्णिमासम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिने गरिन्छ ।

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा छ। झुला घरमा रामसीताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्ण्वले बताए  ।

भगवान रामसीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ। सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिएको छ। मेला हेर्न र भगवान रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुको भिड लाग्ने गर्दछ। सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायणलगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ ।

मिथिला क्षेत्रमा रोपाइँ सकिने बित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ। प्रत्येक मठ मन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ। झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालु जम्मा हुने भनजकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ। झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ। जोगी सन्यासीले आफ्ना आराध्य खेलाइ झुलाउने परम्परा छ। वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ ।

मटिहानीमा झुला पर्वको आकर्षणका लागि यसपाली त्यहाँ सर्वसाधारण बालबालिकालाई पनि झुलाको आनन्द लिन मेसिनमा चल्ने झुलाका साथै ठूलो मेलाको आयोजना गरिएको छ। महोत्तरीको मटिहानीसहित तराई–मधेशका अधिकांश जिल्लामा झुलनोत्सव पर्व मनाइने चलन छ भने भारत बिहारको सीतामढी, मधुबनी, मुजफ्फरपुर, दरभङ्गा र पटनासम्म यस पर्वको रौनक छाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार