श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेप्से दोहोरो अङ्कले ओरालो, कारोबारमा कीर्तिमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।९० बिन्दुले घटेर ५८९.२८ मा पुगेको छ । कूल २२२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६५५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन १६०.२३, लघुवित्त ११५.१२ र लगानी ०.६६ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.१५, व्यापार ३६.५, होटल तथा पर्यटन ६६.०४, विकास बैंक १६०.१३, जलविद्युत् १५७.४१, वित्त ८७.०५, निर्जीवन बीमा २२४.६२, अन्य ४०.१४, जीवन बीमा १९१.१२ र सामुूहिक लगानी कोष ०.१३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार ८१५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ७९ करोड २५ लाख ४२ हजार ८३१, अपि पावर कम्पनी रु ७० करोड २७ लाख १८ हजार ६८५, रिडी हाइड्रोपावर रु ५९ करोड ४७ लाख ४५ हजार ५९९ र अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ६० लाख ६७ हजार ४०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

तीन कम्पनीको शेयरमा सर्किट

नेप्से ओरालो लागे पनि आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर,जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । यस्तै आइसिएफसी फाइनान्स ९।५६ र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ८.९७ प्रतिशतले कमाएका छन् ।

यसैगरी, एनआइबिएल प्रगति फण्ड ८.५४, रिडी हाइड्रोपावर ८.५२, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी ७.८८, रसुवागढी हाइड्रोपावर ६।३४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब छ अर्ब सात करोड ९८ लाख ३१ हजार ८३१ बराबर पुगेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार