श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पर्यटन प्रवद्र्धन गर्न थानापतिको जीर्णोद्धार गरिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीयस्थल बागलुङमा धेरै छन् । सदरमुकामदेखि दूरदराजसम्म रहेका पर्यटकीयस्थलकै कारण यहाँ महिनाअनुसार पुग्ने आन्तरिक पर्यटकको ठूलो लर्को लाग्छ ।

त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर हो जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको थानापति मन्दिर । योगीले तपस्या गरेर विलय भएको स्थानलाई पवित्र मानेर यहाँका सर्वसाधारणले पौराणिककालदेखि पूजाआजा गर्दै आएका छन् । सोही मन्दिरको थप व्यवस्थापन गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।

ऋषिले तपस्यापछि विलय भएको मान्यता रहेको मन्दिर र आसपासको क्षेत्र पर्यटकका लागि आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । साउन महिनामा विशेष पूजाआजा हुने यस मन्दिरमा बागलुङको पश्चिम र गुल्मीको उत्तरी क्षेत्रका सर्वसाधारणको आस्था रहेको छ । यहाँ भक्तजनका हिसाबले पुग्ने धेरै छन् तर पौराणिक मान्यता र प्राकृतिक मनोरम दृश्य हेर्न पुग्नेमा भने प्रचार नपुगेका कारण मन्दिर ओझेलमा छ ।

मन्दिरको जीर्णोद्धार र पर्यटकीय पूर्वाधार निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । मन्दिरको जीर्णोद्धार र थप संरचनाको विकास गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिकाले डिपिआर तयार गरेको छ । डिपिआरअनुसार गत वर्ष रु पाँच लाख खर्चेर संरचना निर्माणको काम गरिएको अध्यक्ष पाइजाले बताउनुभयो ।

योगीले देह त्याग गरेकाले यस मन्दिरमा मागेको पाइने जनविश्वास छ । वर्षभरि भाकल गरेर राखेका ध्वजा र प्रसाद साउनमा हुने पूजामा चढाउँदा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको मन्दिरका पुजारी लीलाधर घिमिरेले बताउनुभयो । यहाँ पूजाका लागि पुग्ने सर्वसाधारणका कारण वर्षमा एक पटक ठूलो मेला लाग्छ । अन्य समयमा समेत धार्मिक मान्यताका आधारमा यहाँ पूजाआजाका लागि पुग्ने धेरै रहेको स्थानीयवासी बताउँछन् ।

गाउँपालिकाले बनाएको डिपिआरअनुसार काम भएमा थानापति मन्दिर बडिगाडको धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुने गाउँपालिकाको विश्वास छ । सङ्घीय, प्रदेश र स्थानीय विभिन्न सङ्घ संस्थाको सहयोगमा यो मन्दिरको जीर्णोद्धारसहितका संरचना बन्ने गाउँपालिकाले जनाएको छ । पर्यटनसँग जोडिने भएकाले आर्थिक उपार्जनको क्षेत्रसमेत यो मन्दिर तथा परिसर बन्ने गाउँपालिकाको अपेक्षा छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार