श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा एमाले फुट्यो, माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी नामको नयाँ दल दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले अन्ततः विभाजन भएको छ ।

दल विभाजनका लागि सहज हुने गरी नयाँ अध्यादेश जारी भएकै दिन बुधबार वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी नामक दल दर्ता भएको हो । दल दर्ताका लागि नेपालसहितका नेताहरु निर्वाचन आयोग पुग्नुभएको थियो ।

निवेदनमा पार्टीको चुनाव चिह्न भने टुंगो लाग्न सकेको छैन । ‘खुला किताब’ प्रस्ताव गरिए पनि उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘छड्के परेको किताब’सँग मिल्दो जुल्दो हुने भएकाले टुंगो नलागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तरसंघर्ष चर्किँदै गएपछि अन्ततः नेपालसहितका नेताहरुले विभाजनको बाटो रोजेका हुन् ।

नयाँ दलमा एमालेका दोस्रो तहका नेताहरु जान अस्वीकार गरेका छन् । नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यसहितका नेताहरुले साथ छाडेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार