श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेकै कारण आफूहरु बाध्य भएर नयाँ दल दर्ता गर्न पुग्यौः मेटमणी चौधरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेकै कारण आफूहरु बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको स्पष्ट पारेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसम र किरिया खाएकोले यो अवस्था आएको आरोप लगाएका छन् । ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरुले बाध्य भएर पूनर्गठन गरेको उनको भनाई छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफुहरुले एमालेको एकता र सग्लो एमालेको लागि हदैसम्मको प्रयास गरेको तर ओलीले एकता नचाहेको कारण आजको परिस्थिति उत्पन्न भएको बताए । उनले भने,‘हामीले त एकताको लागि त्याग र तपस्या गरेका हौं, तर केपी ओलीले एमालेलाई विखण्डन गरिछाड्ने कसम खाएकोले एकता सम्भव भएन ।

अहिले हामी पनि नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रियामा छौं । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छौं । भदौ ९ गते सनाखतको लागि आयोगले बोलाएको छ ।’ उनले आफूहरु एमालेको पूनर्गठनमा लागेर नयाँ दल खोल्नुको कारण एमाले र माओवादी मिलेर प्राप्त गरेको ४७ लाख भोट जोगाउनु रहेको पनि जिकिर गरे । उनले भने,‘हामीले नयाँ दल दर्ता नगरेको भए सबै भोट विसर्जन हुने थियो । कम्युनिष्ट आन्दोलन र पार्टी ध्वस्त हुने पोजिसनमा पुग्नेथियो ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार