श्रावण ४, २०८२ आइतबार July 20, 2025

विश्व संस्कृत दिवसको चौथो संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको चौथो संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन प्रारम्भ गरिएको हो । चौथो विश्व संस्कृत दिवसको आयोजना नेपाल, अमेरिका र बेलायतका विभिन्न संस्थाले संयुक्त रुपमा गरेका छन् ।

नेपालबाट नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभाग र सोही विश्व विद्यालयअन्तर्गत त्रिचन्द्र महाविद्यालयस्थित दर्शनशास्त्र तथा मनोविज्ञान विभाग, जयतु संस्कृतम्, सनातन धर्म महासङ्घ र जरो किलो प्रतिष्ठान, अमेरिकाबाट सहृदयता इन्टरनेशनल र विश्व भुटानी हिन्दू सङ्गठन तथा बेलायतबाट नेपाली हिन्दू फोरम यूकेको सहकार्यमा यो दिवस मनाइँदैछ ।

नेपालमा चौथो विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँमा आयोजना गरिएको छ । कोरोना भाइरस महाव्याधिका कारणले सरकारले जारी गरेको निर्देशनअनुसार थोरै सङ्ख्यामा मात्र प्रत्यक्ष उपस्थित हुने र देश तथा विदेशबाट प्रविधिमार्फत धेरै सङ्ख्यामा सहभागिता हुने निर्देशन समिति संयोजक डा निर्मलमणि अधिकारीले राससलाई जानकारी दिए । मूल समारोहलाई सम्पूर्णानन्द संस्कृत विश्व विद्यालयका पूर्वकुलपति प्रा.डा. राजाराम शुक्ल, नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा डा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्व विद्यालयको संस्कृत केन्द्रीय विभागका प्रमुख प्रा डा नारायणप्रसाद गौतम र जैनमुनि डा मणिभद्र महाराज सहितका वक्ताले सम्बोधन गर्नेछन् ।

देश तथा विदेशबाट कार्यपत्र, संस्कृत रचना तथा विशिष्ट वक्तव्यको प्रस्तुति पनि हुनेछ । नेपालका विभिन्न भूभागका साथै भारत, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, कतारलगायत देशमा चौथो विश्व संस्कृत दिवस मनाउन कार्यक्रम तय भइसकेको जरोकिलो महाअभियानका सङ्कल्पकर्ता एवं काठमाडौँ विश्व विद्यालयका सहप्राध्यापकसमेत रहनुभएका निर्देशन समिति संयोजक अधिकारीले बताए ।

श्रावण शुक्ल पूर्णिमा ऋषिहरुसँग जोडिएको ऋषितर्पणीको दिन भएकाले यो दिन विश्व संस्कृत दिवस मनाउन थालिएको हो । ऋषिले नै वेदका मन्त्र ध्यान दृष्टिका माध्यमबाट देखेकाले पनि यसै दिन संस्कृत दिवस मनाउन उपयुक्त हुने भएकाले यसको शुरुआत गरिएको हो । प्राचीनकालमा शैक्षिक सत्रको शुरुवआत पनि श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि शुरु गरिने गरेकाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो ।

यस अवसरमा विभिन्न गुरुकुलमा पनि कार्यक्रम गरिने जनाइएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दिवस मनाउने तयारी गरिएको मूल समारोह समितिले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार