श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘असल कम्युनिष्टबीच एकता आवश्यक’ : वर्षमान पुन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिएका छन् । वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए ।

उनले भने, “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गरे, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौँ ।” अहिले संविधान,  लोकतन्त्र, गणतन्त्र, धर्म निरेपक्षता तथा समावेशितालाई जोगाउन कम्युनिष्ट र नेपाली कांग्रेसका बीचमा एकता भएको उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अर्का केन्द्रीय सदस्य एवं वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा, जिल्ला अध्यक्ष डिपी ढकाल, बागमती प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, वाइसीएल नेता कसम गुरुङ, दिनेश थपलिया, सविन आचार्य, नरेश वाइवा, नरेश रञ्जितलगायतले वाइसीएल देश बनाउन लाग्नुपर्नेमा जोड दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार