असार २४, २०८२ मंगलबार July 8, 2025

मातृकाले राखे प्रचण्डपथ ब्यूँताउने प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रचण्डपथ ब्यूँताउने प्रस्ताव आएको छ । स्थायी कमिटी सदस्य मातृका यादवले प्रचण्डपथ नभएकै कारण पार्टीमा भद्रगोल भएको धारणा राखेका हुन् ।

स्थायी कमिटीको बुधबार बसेको बैठकमा यादवले प्रचण्डपथलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने प्रस्ताव राख्दा अरु नेताले भने अनौठो मानेका थिए ।
तत्कालीन माओवादीले सशस्त्र विद्रोहको बेला २०५७ माघ–फागुनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्डपथलाई मार्गदर्शक सिद्धान्त बनाएको थियो । ०६५ पुसमा तत्कालीन माओवादी र एकता केन्द्रबीच एकता भएपछि प्रचण्डपथलाई पार्टीको पथ प्रदर्शक सिद्धान्तबाट स्थगित गर्ने निर्णय भएको थियो ।

त्यसबेलाको माओवादी र एमालेबीच एकता भएर नेकपा बनेको छ र बैचारिक बहसलाई एकता महाधिवेशबाट हल गर्ने सहमति भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया