श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ घटक नेकपा माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । कोटेश्वर पेरिसडाँडामा शनिबार र आइतबार दुईदिनसम्म बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।

‘कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ,’ बैठकका निर्णय सुनाउँदै नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

साथै बैठकले हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे छलफल पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादीले पार्टीका विभागहरूमा प्रमुख तोक्ने काम पनि गरेको छ भने केही ठाउँमा ईञ्चार्ज पनि तोकिएका छन्। राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया