काठमाण्डौंः माधव नेपाललाई अन्तिम समयमा साथ नदिएका एमालेका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् ।
एमाले उपाध्यक्ष भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ताका लागि बालकोट पुगेका हुन्।
नेपाललाई साथ नदिएका ५७ जना नेताहरुले भोली मंगलबारसम्म १० बुँदे सहमतिको प्रमुख एजेन्डालाइ यथाशिघ्र कार्यान्वयन घोषणा गर्न ओलीलाई समयसीमा दिएका छन् ।
उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता गर्न माग गरेका छन् भने पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया