काठमाण्डौः मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान आईपिओ बाँडफांड गरेको हो।
कम्पनीको आईपिओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना आवेदक योग्य रहेकोले उनीहरुलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको छ ।
जस अनुसार गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् । ति मध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता शेयर पाएका छन्। यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख २४ हजार बढी आवेदक हात खाली भएका छन् ।
कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।
जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/
बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट https://nsmbl.com/
सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login
सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । दिउँसोसम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ । बिजपाटीबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया