श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोनाका कारण औपचारिकतामै सीमित गाईजात्रा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसका कारण नेवार समुदायको महत्वपूर्ण पर्व सापारु (गाईजात्रा) औपचारिकतामा सीमित गरेको छ। कोरोनाबाट बच्न सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्दै मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी गर्न नगरपालिकाले आग्रह गरको छ।

उनका अनुसार मृतकको सम्झनामा लगिने ताहा साँ परिक्रमाका क्रममा बढीमा २५ जना मात्र सहभागी हुन दाफा, भजन, सांस्कृतिक समूह, बाजा खलःलगायत सबैमा अनुरोध गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयअनुसार जात्रा मनाइएको छ।

नगर प्रमुख रमेश महर्जनले कोरोना सङ्क्रमणको जोखिम यथावत् रहेको हुँदा यस वर्षको जात्रा औपचारिकतामा सीमित गरी परम्परा धान्ने काम गरिएको  बताए। कीर्तिपुरमा यस जात्रालाई विशेगारी आज मात्र मनाउने गरिएको छ। नगर उपप्रमुख एवं प्रवक्ता सरस्वती खड्काका अनुसार कोरोनाका कारण अहिले नागरिक आफै सचेत भई स्वास्थ्य मापदण्ड अपनाएर नागरिक जात्रामा सहभागी भएका छन्।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृतक व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ।  आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार