श्रावण २, २०८२ शुक्रबार July 18, 2025

निर्वाचन आयोगद्धारा माधव कुमार नेपाल र महन्त ठाकुरको पार्टीलाई राजनीतिक दलको मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एकीकृत समाजवादी) पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई निर्वाचन आयोगले राजनीतिक दलको मान्यता दिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको (लोसपा) लाई निर्वाचन आयोगले दलको मान्यता सहित प्रमाणपत्र दिएको हो । एमालेका ५५ सांसदले नेकपा (एकीकृत समाजवादी) नामको पार्टी दर्ता गरेका हुन् भने जसपाका १४ जना सांसदले (लोसपा) दल दर्ता गराएका हुन् ।

बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा यी दुई राजनीतिक दललाई आधिकारिकता पाएको छ । आयोगमा (एकीकृत समाजवादी)को दर्ता नम्बर १६६ र लोसपाको दर्ता नम्बर १६७ कायम रहेको छ ।

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरे लगत्तै माधव कुमार नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा रितपूर्वक दिवेदन दिएका थिए ।

निर्वाचन आयोगको आधिकारिक प्रमाणपत्र बुझ्न नेकपा (एकिकृत समाजवादी)का नेतात्रय राजेन्द्र प्रसाद पाण्डे, डा. बिजय कुमार पौडेल र रामकुमारी झाँक्री निर्वाचन आयोगमा साँझ २०:५५ बजे आयोगमा पुगेका थिए ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट नेताहरु अनिल कुमार झा ,डा.  सुरेन्द्र झा  निर्वाचन आयोग कान्तिपथमा रातको ९ बजे लोकतान्त्रिक समाजवादि पार्टी नेपालको अधिकारिक प्रमाणपत्र बुझेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया