श्रावण २, २०८२ शुक्रबार July 18, 2025

तेह्रथुम पावर कम्पनीको आइपीओमा माग गरिएको भन्दा ३०.६४ गुणा बढी आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः तेह्रथुम पावर कम्पनीको आइपीओमा १८ हजार ६६३ जना आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल शुक्रबार दिउँसो १.३० बजेसम्ममा १८ हजार ६६३ जना आवेदकबाट २ करोड २८ लाख २ हजार १५० कित्ताका लागि २ अर्ब २८ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३०.६४ गुणा बढी हो ।

कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमा ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

तेह्रथुमको आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने छ भने न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

मेरो सेयर एपमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ । रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रेटिङ दिएको छ । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । -अर्थसरोकार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार