श्रावण २, २०८२ शुक्रबार July 18, 2025

ऊर्जा उद्यमीको अर्थमन्त्रीलाई ध्यानाकर्षण – थप पाँच वर्ष आयकर छुट दिन माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आज अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी नेपालको ऊर्जा क्षेत्रसँग जोडिएका समस्या समाधानका लागि आग्रह गरेको छ ।

सरकारले अगाडि सारेको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य पूरा गर्नका लागि आयोजना निर्माण भएसम्म पूरै १० वर्षसहित थप पाँच वर्ष आयकर छुट दिन इपानले माग गरेको छ । कोभिड–१९ का कारण सर्वेक्षण अनुमति पाएर पनि काम गर्न नपाएका प्रवद्र्धकलाई सर्वेक्षण अनुमतिपत्रको ७५ प्रतिशत छुट दिने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्णय गरिसकेको छ ।

ऊर्जाले निर्णय गरेको भए पनि अर्थमन्त्रालयमा सो विषय रोकिएको भन्दै ऊर्जा उद्यमीले मन्त्री शर्माको ध्यानकर्षण गराएको इपानका उपाध्यक्ष मोहन डाँगीले जानकारी दिनुभयो । कूल १५ हजार मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माणका लागि लगानीको स्रोत नखोज्ने विषयमा समेत अर्थमन्त्रीले सकारात्मक रुपमा लिएको इपानले जनाएको छ तर, उद्यमीले माग गर्दै आएको प्रतिमेगावाट रु ५० लाख मूल्यअभिवृद्धिकर छुटका विषयमा भने सरकारले तत्काल केही गर्न नसक्ने अर्थमन्त्रीको भनाइ थियो ।

सो अवसरमा अर्थमन्त्री शर्माले ऊर्जा उद्यमीले उठाएका जायज माग सम्बोधन गर्न सरकार सदैव तत्पर रहेको बताउनुभयो । ऊर्जा क्षेत्रको विकास र विस्तार बिना अर्थतन्त्रले गति लिन नसक्ने भन्दै उहाँले सक्नेसम्मका समस्या समाधानका लागि मन्त्रालयका तर्फबाट पहल हुने र गर्ने विश्वास दिलाउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार