असार २४, २०८२ मंगलबार July 8, 2025

सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीबाट रिट्वीट भएपछि बालुवाटारमा खैलाबैला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विवादास्पद नागरिकता विधेयकका कारण भारत अहिले अशान्त छ । भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने विधेयक संसदका दुवै सदनबाट पारित भएपछि भारतभर भइरहेको विरोध प्रदर्शनका कारण हालसम्म नौ जनाको ज्यान गइसकेको छ । यही विषयसँग जोडिएर बालुवाटारमा शुक्रबार राति खैलाबैला मच्चियो ।

भारतका सत्तापक्षका सांसदहरुले विधेयकको बचाउ गरेका छन् भने विपक्षी कांग्रेस, कम्युनिष्ट लगायतका सांसदहरुले विरोध गर्दै आएका छन् । नेपालले भने आधिकारिकरुपमा भारतको नागरिकता विधेयक र त्यसबाट सिर्जित समस्याबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

यसैक्रममा भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रि-ट्वीट भएपछि बालुवाटारमा खैलाबैला मच्चिएको हो ।

सोनिया गान्धीले अंग्रेजीमा दिएको भिडियो सन्देशमा भाजपा सरकारले जनताको आवाज सुन्नुपर्ने उल्लेख छ । आफ्नो अधिकारका लागि गरेको संघर्षमा उत्रिएका जनतालाई कांग्रेस पार्टीको साथ रहेको पनि उनले भिडियोमा बताएकी छन् ।

भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेतृत्वको यो भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रिट्वीट भएपछि तरंग सिर्जना हुनु स्वाभाविकै हो ।

भनिन्छ प्रधानमन्त्रीको ह्याण्डलबाट भएको रिट्वीट केही घण्टापछि हटाइयो । यस विषयमा जब प्रश्न उठ्यो, त्यसपछि रि-ट्वीट ‘अन डु’ गरिएको छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘अन्यथा’ भएको भन्दै स्पष्टीकरण दिएका छन् । थापाले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल @PM_Nepal को पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापालेरि-ट्वीटलाई अन्यथा भने पनि भारतीय सञ्चारकर्मीहरुले भने सोही रि-ट्वीटका आधारमा समाचार बनाएका छन् । सामाजिक सन्जालमा पनि यो चर्चाको विषय बनेको छ । द टेलिग्राफको अनलाइन संस्करणमा कोलकाता डेटलाइनबाट ओलीको रि-ट्वीटबाट समाचार बनाइएको छ ।

भुटानी मिडिया एसोसियसनका अध्यक्ष एवम् भुटानी समाचार पत्रका सम्पादक तेन्जिङ लाम्साङले समेत ओलीको रि-ट्वीटबारे चर्चा गरेका छन् ।

हेर्नुहोस् सोनिया गान्धीको भिडियो

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार