असार २३, २०८२ सोमबार July 7, 2025

यार्सागुम्बासहित चार जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महानगरीय अपराध नियन्त्रण महाशाखाले झण्डै रु ८० लाख मूल्य बराबरको यार्सागुम्बासहित चार जनालाई पक्राउ गरेको छ ।

अवैधरुपमा यार्सागुम्बाको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा महाशाखाको टोलीले काठमाडौँको सामाखुशीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा घर भई काठमाडौँको मित्रनगर बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ घर भइ नयाँ बसपार्क बस्ने ५० वर्षका बेलबहादुर थापा, सोही जिल्ला घर भई बानियाटार बस्ने ४० वर्षका कृष्ण परियार र प्यूठान घर भई तारकेश्वर बस्ने ४७ वर्षका दानबहादुर जिसी रहेका छन् ।

गुरुङको कोठा खानतलासी गर्दा बिक्री वितरण गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको अवस्थामा यार्सागुम्बा फेला परेको थियो।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि आज डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको महाशाखाले एक सूचना जारी गरी जनाएको छ। उनीहरुको साथबाट एक किलो ८५० ग्राम यार्सागुम्बा समेत बरामद गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार