श्रावण ४, २०८२ आइतबार July 20, 2025

भक्तपुरको पञ्चदान पर्व औपचारिकता सीमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भक्तपुरको पञ्चदान पर्व सामान्य औपचारिक पूजामा सीमित गरी मनाइने भएको छ ।

कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै आज मनाइने पर्वलाई औपचारिक पूजामा सीमित गरिने थथुबही महाबिहारका देवचन्द्र बज्राचार्यले जानकारी दिए । उनले पञ्चादन पर्व मनाउन दीपङ्कर बुद्धलाई बिहारबाट बाहिर ल्याए बढी भीड भई सङ्क्रमण चाँडै फैलन सक्ने जोखिम हुँदा बिहारभित्र नै पूजा गरी मनाउन लागेको बताए। उनले भने, “ यस अवसरमा देवतालाई बाहिर ल्याए नगरका मात्र नभई भक्तपुरका सबै गुठियारहरूको समेत पूजा थाप्ने परम्परा छ । यसरी पूजा थाप्दा भीड बढी हुने भएकाले सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर पाँचै बिहारको संयुक्त छलफलमा यस वर्ष पनि गएको वर्षजस्तै औपचारिकतामा सीमित गरिने निर्णय गरिएको हो ।”

बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइने सो पर्वका अवसरमा जिल्लाका पाँच बिहारबाट दीपङ्कर बुद्धलाई दिनभर नगरको विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइने परम्परा छ । दीपङ्कर बुद्ध भनेर पुजिने बुद्धको पाँच स्वरूपमध्ये भक्तपुरको क्वाठन्डौको प्रसन्नाशील, गोल्मढीको झौरवही , साकोथाको चर्तुब्रह्म , भार्वाचोको थथुबही  र दूधपाटीको कुथुबही महाबिहारका छन् ।

पञ्चदानमा  जमिनमा उत्पादन भएका काँचो खाद्यवस्तु धान, मकै, गहुँ, भटमास, ढिके नुन, घिरौला, बोडी, काँक्रो, क्वाटी आदि गच्छेअनुसार चढाउने परम्परा छ । यसलाई स्थानीय भाषामा पञ्जदान (पंजरां) भनिन्छ । पञ्जदान भन्नुको मूलकारण ‘पं’ को अर्थ पृथ्वी र ‘ज’ को अर्थ उत्पन्न भएको भन्ने हो । यस दिनमा पृथ्वीबाट उब्जेको अन्न र फलफुल गरी पाँच प्रकारका वस्तु दान गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार