श्रावण १, २०८२ बिहिबार July 17, 2025

दलहरूसँग छलफलपछि मात्र एमसीसी सम्झौता अघि बढाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निचोड निकालेका छन् । एमसीसी सम्झौताका सम्बन्धमा राजनीतिक दलहरूबीच नै एक मत नदेखिएपछि प्रधानमन्त्री देउवा नहतारिने निष्कर्षमा पुगेका हुन् ।

नेपालको चारदिने भ्रमणमा रहेकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपाल आउनुअघि विवादित ११ बुँदाको जवाफ अर्थ मन्त्रालयलाई दिनुका साथै काठमाडौंमै उत्रिएर सत्तारूढ र प्रतिपक्ष दलका शीर्ष नेताहरूलाई भेटेरै प्रस्ट्याउने प्रयास गरे पनि सम्झौता अघि बढ्ने/नबढ्ने विषयमा अन्योल छ । अघिल्लो सातासम्म एमसीसी सम्झौतालाई जतिसक्दो छिटो संसद्बाट अनुमोदन गराउने पक्षमा रहेका प्रधानमन्त्री देउवा सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूबाट आएका फरक–फरक विचारलाई ख्याल गर्दै एक्लै अघि नबढ्ने निर्णयमा पुगेको उनीनिकट स्रोतले जनाएको छ । ‘एमसीसी सम्झौतालाई कांग्रेस एक्लैले अघि बढाउँदा सत्ता गठबन्धन र पार्टीलाई समेत दीर्घकालीन रूपमा असर पर्न सक्ने आकलन गरेर अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्र अघि बढ्ने निचोडमा प्रधानमन्त्री देउवा पुग्नुभएको हो,’ स्रोतले भन्यो ।

देउवाले शुक्रबार उपाध्यक्ष सुमारसँगको भेटवार्तामा पनि राजनीतिक दलहरूसँग छलफल गरेर मात्र अघि बढ्ने बताएका थिए । उनले शनिबार बिहान आफूनिकट केही व्यक्तिहरूसँग एमसीसी सम्झौताका विषयमा छलफल गरेका थिए । देउवा मन्त्रिपरिषद् विस्तारपछि मात्र एमसीसी सम्झौताका विषयमा दलहरूसँग छलफल गर्ने योजनामा रहेको स्रोतले जनाएको छ ।

सत्ता गठबन्धनका ५ दलमध्ये कांग्रेस एमसीसी सम्झौतालाई यसअघिदेखि नै संसद्बाट अनुमोदन गर्नुपर्ने पक्षमा छ तर माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न चाहेको छ । सुमारसँगको भेटवार्तामा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनमा समझदारी गरेर राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौतालाई अनुमोदन गर्ने धारणा राखेका थिए । सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि दलहरूबीच छलफल गरेर निर्णयमा पुग्ने सन्देश उपाध्यक्ष सुमारलाई दिएका छन् ।

सत्ता गठबन्धनको अर्को दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौताबाट सत्ता गठबन्धन र पार्टीभित्र छलफल गरेर मात्र निर्णयमा पुग्ने प्रस्ट पारेका थिए । सत्ता घटक राष्ट्रिय जनमोर्चाले भने एमसीसी सम्झौतालाई अघि बढाउन नहुने अडान राख्दै आएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष सुमारलाई आफूले कुर्सी र सत्ताका लागि देशको सुरक्षामा आँच आउने कुनै पनि काम नगर्ने जानकारी दिएको बताएका थिए । सत्ता गठबन्धनबाटै साझा धारणा नबन्दा एमसीसी सम्झौता अघि बढाउन सकस भएको हो । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार