श्रावण १, २०८२ बिहिबार July 17, 2025

१० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र लेखराज भट्ट तथा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा अध्यक्ष ओलीको निजी निवास पुगेका थिए ।

उनीहरू अध्यक्ष ओली निवास पुग्नुको कारण थियो, सुदूरपश्चिम प्रदेश इन्चार्जसम्बन्धी विवाद निरुपण गर्नू । सो प्रदेशको पार्टी इन्चार्जमा उपाध्यक्ष रावल र माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका लेखराज भट्ट दुवैको दाबी थियो । उनीहरू दुवैले इन्चार्ज दाबी नछाडेपछि विवाद बढ्दै गएको थियो । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमति कार्यान्वयन गर्दा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज रावल नै हो । उनले सोहीअनुसार आफू इन्चार्ज भएको दाबी गर्दै आएका थिए ।

तर, पार्टी विभाजनअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले समानान्तर रूपमा पार्टी गतिविधि सञ्चालन गर्दा नेपाल पक्षमा उभिएपछि अध्यक्ष ओलीले रावलको जिम्मेवारी खोसेर इन्चार्जको जिम्मा भट्टलाई दिएका थिए । भट्ट गत २३ फागुनपछि एमाले सुदूरपश्चिम इन्चार्ज तोकिएका हुन् । त्यसैले उनले पनि इन्चार्जको दाबी नछाडेका हुन् ।

विवाद निरुपणका लागि भएको छलफलमा सुदूरपश्चिम इन्चार्ज आफैंले पाउने रावलको अपेक्षा थियो । १० बुँदे सहमतिमा तलमाथि हुँदैन भन्ने उनको बुझाइ थियो । तर, अध्यक्ष ओलीले सुदूरपश्चिम इन्चार्ज भट्ट नै भएको भन्दै मुख खोले । रावललाई भने उपाध्यक्ष भएर काम गर्न निर्देशन दिए । अध्यक्ष ओलीले अहिलेको पार्टी संरचनामा कुनै फेरबदल नगरिएको बताउँदै १० बुँदेमा अल्झिएर नबस्नसमेत निर्देशन दिए ।

‘२ जेठ २०७५ जस्ताको त्यस्तै कार्यान्वयन हुन सक्दैन, यसमा प्रस्ट हुनुस् । १० बुँदे सहमति जस्ताको त्यस्तै कार्यान्वयन गर्ने अवस्था छैन,’ छलफलमा ओलीले रावललाई भने, ‘कार्यविभाजन यथावत छ, जिम्मेवारी परिवर्तन भएको छैन । तपाईं उपाध्यक्ष हो, उपाध्यक्ष र १० बुँदे सहमतिको सहजीकरणको जिम्मेवारी निर्वाह गर्नुस् ।

सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयनका सन्दर्भमा सहजीकरण गर्न ओलीले रावल, भट्ट र कर्णबहादुर थापालाई जिम्मेवारी दिएका छन् ।

केन्द्रीय सदस्यसमेत रहेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष थापाले आफूसहित तीन जना नेताले सुदूरपश्चिममा सहजीकरणको जिम्मेवारी अध्यक्षबाट पाएको बताए । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार