श्रावण ४, २०८२ आइतबार July 20, 2025

बागलुङको कालिका मन्दिर आजदेखि खुलाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ ।

आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा हल, ब्युटीपार्लर तथा जिम हल लगायतका क्षेत्र स्वास्थ्य मापदण्ड पु¥याएर खुल्न दिने र शैक्षिक संस्था पालिकाको समन्वयमा खुलाउन सकिने निर्णय भएको जानकारी दिनुभयो ।

पार्टी प्यालेस, सिनेमामा भने न्यून सङ्ख्या सहभागी हुन आग्रह गरिएको छ । यस्तै पालिकाको शिक्षा शाखाको समन्वयमा न्यून सङ्क्रमण भएको पालिकाले जिल्ला प्रशासनको अनुमतिमा विद्यालय खुलाउन सकिने छ । यसका लागि न्यूनतम स्वास्थ्य मापदण्ड भने अनिवार्य गरिएको प्रजिअ कार्कीले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्ड अपनाएर प्रशासनको निर्देशन अनुसार कालिका मन्दिर छ महिना पछि खुला हुने भएको हो । जिल्लामा धार्मिक पर्यटक भित्र्याउन मन्दिरले टेवा पु¥याउँदै आएका थियो । मन्दिरमा सामाजिक दूरी कायम गरी दर्शनार्थीलाई प्रवेशको व्यवस्था मिलाइने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार