श्रावण ४, २०८२ आइतबार July 20, 2025

सुपा देउराली मन्दिर आजबाट खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर आज (मंगलबार)देखि खुल्ने भएको छ । कोरोनाका कारण गत बैशाख २१ गतेदेखि बन्द भएको सुपा देउराली मन्दिरलगायत जिल्लाका अन्य मन्दिर तथा धार्मिक, पर्यटकीय स्थलहरू मंगलबारदेखि खुल्ने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सुपादेउराली मन्दिर बन्द भएपछि भक्तजनहरूले बाहिरै पुजा अर्चना गर्ने गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले भीडभाड हुने क्षेत्रमा भने अझै असोज ७ गते बिहीबार राति १२ बजेसम्म  लकडाउन कायमै राख्ने निर्णय गरेको छ ।

प्रशासनले स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात, होटल, रेष्टुरेन्ट, शैलुन, जिमहल बिहान ५ बजेदेखि  बेलुका ८ बजेसम्म  खुला गर्न दिने निर्णय गरेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाहरू, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधी र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी  पसल र व्यवसाय, सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरू पहिले नै खुलेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार