असार २४, २०८२ मंगलबार July 8, 2025

नाकाबन्दीमा आगो ओकल्न तयार प्रधानमन्त्री अहिले किन मौन ? : कांग्रेस सांसद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सीमा अतिक्रमणविरुद्ध सिंगै नेपाल एकाकार भएको बताएका छन । सर्बदलीय बैठकमा सबैले भारतसँग राजनीतिक स्तरमा वार्ता गर्ने जिम्मा सरकारको हो भनेर प्रधानमन्त्रीको हात बलियो बनाएको भए पनि सरकारले त्यसअनुसार प्रयास गरेको नदेखिएको उनले बताएका छन ।
‘जुन बेला नाकाबन्दी भएको थियो । तत्कालीन प्रधानमन्त्रीको हैसियतले वर्तमान प्रधानमन्त्रीले जे कुरा राख्नु भएको थियो, त्यसको नेपालीहरुले प्रशंसा गरेका थिए’ कांग्रेस सांसद पाण्डेले भने, त्यो बेलाभन्दा संवेदशनशील अवस्था छ अहिले । त्यसबेला आगो ओकल्न तत्पर हुनु भएको प्रधानमन्त्री अहिले मौनता किन साँधिरहनु भएको छ ? किन राजनीतिक तहमा वार्ता गर्ने कोसिस गरिँदैन ?’

यसबारे प्रधानमन्त्रीले संसदलाई जवाफ दिनुपर्ने कांग्रेस सांसदको माग छ । उनले भने, प्रधानमन्त्रीले के गरिहरनु भएको छ, परराष्ट्र मन्त्रालयले के गरिरहेको छ ? सरकार अन्य निकायले के गरिरहेका छन् । सदनमै आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार