श्रावण ५, २०८२ सोमबार July 21, 2025

गुप्तेश्वर महादेवको गुफा खुल्ला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिड फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ ।

कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय गन्तव्य यही असोज १ गतेदेखि स्वास्थ्य मापदण्डसहित खुल्ला गरिने सरकारको निर्णयअनुसार शुक्रबारदेखि खुल्ला गरिएको गुफामा रु १५ लाखको लागतमा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ ।

टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको प्रचारप्रसार उपसमितिका सदस्य कृष्ण रानाभाटले जानकारी दिनुभयो ।

विसं २०७८ को सुरुआतमा नै ल्याउने तयारी गरिएको बारकोड स्क्यानर गेट बन्दाबन्दीका कारण सामान नआएकाले अहिले मात्र सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया