असोज ११, २०८३ आइतबार September 27, 2026

बैतडीमा अनन्त चतुर्दशीको मेला सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजासहित जात्रा लाग्ने गर्छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा अन्य जात्राको समयमा बलि चढाइने भए पनि यो जात्रामा बलि नचढाइने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

तीन दिनअघिदेखि मेला सुरु भई पूर्णिमाको बिहान मेला सकिने बोहराले जानकारी दिए । यस मेलामा सोराड र बैतडी सदरमुकाम क्षेत्रबाट दर्शनार्थी आउने गरेको उनले बताए ।

यस जात्रालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रहिआएको छ । जात्राको अवसरमा ठाडो खेल, देउडा खेललगायतका सांस्कृतिक खेल पनि हुने गरेका छन् । अनन्त चतुर्दशीको मेला भाद्र शुक्ल त्रयोदशीबाट सुरु भएर पूर्णिमाका दिन सकिन्छ ।

मेलामा दिनरात मन्दिरमा जाग्राम बस्ने भक्तजनको समेत घुइँचो लाग्ने गर्छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको स्थानीय बहादुर बोहराले बताए ।

बिगतमा निकै चहलपहल हुने जात्रामा यसपालि कोरोनाको प्रकोपका कारण भिडभाड कम गर्न अस्थायी पसलहरू थाप्न रोक लगाएको छ भने मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशथचन्द नगरपालिका- २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए । मेलामा आउने भक्तजनका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।सीपी लोहिया/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार