श्रावण १, २०८२ बिहिबार July 17, 2025

३१ वर्षपछि विधिवत रूपमा फुट्यो एमालेको कर्मचारी संगठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ।

माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।

यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।

दुवै पक्षले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा छुट्टाछुट्टै नेतृत्व पठाएका छन्। २०७३ जेठमा आधिकारिक ट्रेड युनियनको चुनाव हुँदा सबैभन्दा बढी भोट ल्याएको एमालेनिकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष पद पाएको थियो।

दोस्रो भोट ल्याएको नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले महासचिव पद पाएको थियो।

आफूले पाएको अध्यक्ष पदमा नेपाल निजामती कर्मचारी संगठनले पुण्य ढकाललाई पठाएको थियो। ढकाल उपसचिव पदमा बढुवा भएपछि रिक्त ठाउँमा आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल कार्यबाहक अध्यक्ष नियुक्त भएका थिए। पोखरेल माधव नेपालनिकट मानिन्छन्।

केपी ओलीनिकट कर्मचारीहरूले भोला पोखरेललाई फिर्ता बोलाई पोखरेलको ठाउँमा ओलीनिकट अध्यक्ष केदार देवकोटाले आफैंलाई सिफारिश गरेका छन्। यता नेपालनिकट कर्मचारीहरूले आधिकारिक ट्रेड युनियनको अध्यक्षमा कर्मचारी संगठनका पूर्वअध्यक्ष तथा माधव नेपालनिकट मोहन घिमिरललाई सिफारिश गरेका छन्। -नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार