श्रावण ५, २०८२ सोमबार July 21, 2025

चोनाम पर्व, चेपाङ समुदायले हर्षोउल्लासका साथ मनाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः आज चोनाम पर्व, चेपाङ समुदायले हर्षोउल्लासका साथ मनाउँदै छन् । चोनामलाई चेपाङहरुको मुख्य पर्वमा रुपमा समेत लिइन्छ ।

भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यसकोे पूजा गर्ने गरिन्छ । आजको दिन घैया धानको चामल, पिँडालु, निबुवा आदिले भूमिलाई पूजा गरी पितृलाई चढाउने गरिन्छ । चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ ।

आजको दिन छरछिमेकी, नाताकुटुम्बलाई बोलाएर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गरिन्छ । राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसङ्ख्या ६८ हजार ३ सय ९९ जना रहेको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास देखिन्छ । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया