श्रावण १, २०८२ बिहिबार July 17, 2025

तरकारीमा तहतहका बिचौलिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पर्ने गरेको छ । उनले बारीबाट तरकारी टिपेर बिचौलियाको हातमा त पार्छन् तर आप्mनो तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन ।

उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०÷४० रुपैयाँ थमाउँछन् ।

किसान सुभाष लुइँटेल भन्छन्, ‘बजारमा जति मूल्य भए पनि किसानले ३० देखि ४० रुपैयाँभन्दा बढी पाउँदैनन् । बजारमा तरकारीको मूल्य जति वृद्धि भए पनि किसानले २५ प्रतिशतभन्दा बढी कसैले पाएको हुँदैन । सबै बिचौलियाले लिने गरेका छन् ।’

त्यसो त किसानहरूले बिचौलियासँग बजारको मूल्य हेरेर कहिलेकाहीँ कुरा पनि गर्छन् । तर, बिचौलियाको ‘रेडिमेड’ जवाफले उनीहरू मर्माहत हुन्छन् । बिचौलियाको रेडिमेड जवाफ हुने गरेको छ, ‘तिमीहरूले उत्पादन गरेको तरकारी तिमीहरू नै राख ।’

त्यसैले किसानहरू बिचौलियाले भनेको मूल्यमा तरकारी दिन बाध्य छन् । तरकारी बिचौलियाको कब्जामा छ । बिचौलियाको हातमा बजार भएकाले न त किसानले लागतअनुसारको मूल्य पाउँछन् न त उपभोक्ताले सस्तो मूल्यमा तरकारी खान पाउँछन् ।

किसान लुइँटेल थप्छन्, ‘आजभोलिकै कुरा गर्ने हो भने व्यापारीले हामीबाट बोडी प्रतिकिलो ४० रुपैयाँमा लिन्छन् । किसानबाट ४० रुपैयाँमा लिएको तरकारी बीचमा भाडा, ज्याला जोडेर उपभोक्ताले कम्तीमा ६० देखि ६५ रुपैयाँमा पाउनुपर्ने हो । तर, उपभोक्ताको चुलोसम्म पुग्दा १ सय ५० रुपैयाँ पुगिसकेको हुन्छ । यो सुन्दा दुःख लाग्छ ।’

अहिले बिचौलियाले किसानको बारीबाट गोलभेंडा प्रतिकिलो १० देखि १५ रुपैयाँमा किन्ने गरेका छन् । तर, उपभोक्ताको चुलोसम्म पुग्दा प्रतिकिलो ६० रुपैयाँसम्म पुग्ने गरेको उनको भनाइ छ । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार