काठमाडौंः राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सभासमक्ष टेबुल गरेका हुन्।
त्यसअघि नेकपा ९एमाले०का सांसद देवेन्द्र दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशले लोकन्त्रलाई कमजोर बनाएको आरोप लगाएका थिए । उनले बाढीपहिरो एवं प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध नगराएकामा आपत्ति प्रकट गरे । राष्ट्रियसभाको अर्को बैठक १५ मिनेटपछि बस्नेछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया