श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रदेश २ मा डिआइजीको नाममा घुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमेश रन्जितकारको नाममा घुस मागिएको छ। रौतहटको गरुडा–८ बसबिटी जिंगडीस्थित नेपाल पुलिस स्कुलमा कार्यरत एक शिक्षकलाई स्थायी गर्न छ लाख रूपैया घुस मागिएको हो।

सो अडियो सार्वजनिक भएको छ। पैसा दिएको भोलिपल्टै स्थायी नियुक्ति गराइदिने भन्दै एक महिलाले डिआइजी उमेश रन्जितकारको नाममा छ लाख रूपैयाँ माग गरेको अडियोसहित उजुरीसमेत परेको छ।

विगत पाँच वर्षदेखि पुलिस स्कुलमा करारमा काम गरिरहेका पर्साका उदेशकुमार पाण्डेसँग स्थायी दरबन्दीमा शिक्षक बनाइदिने भन्दै शर्मिला थापा दाहालले प्रदेश २ प्रहरी प्रमुख डिआइजी रन्जितकारको नाममा मोलमोलाइ गरेकी थिइन्। उनीसँग यो विषयमा बुझन खोज्दा सम्पर्क हुन सकेन। तर डिआइजी रन्जितकारले ती महिला आफूले नचिनेको बताए।

‘मैले ती महिला चिनेको छैन उनले मेरो नाममा कसरी पैसा मागिन् म ती महिलाको खोजी गरिरहेको छु, यो कुरा कसरी बाहिर आएको थाह भएन मलाई नियोजित रूपमा फसाउन खोजियो,’ डिआइजी रन्जितकारले भने। शिक्षक पाण्डेको विषयमा पनि यही अडियो आएपछि मात्रै जानकारी राखेको पनि डिआइजीको भनाइ छ। ‘म असार १४ मा यहाँ आएको हुँ शिक्षक नियुक्तिको कुरा चैतमै टुंगिएको रहेछ अहिले मेरो नाममा किन पैसा मागियो थाह भएन,’ डिआइजी रन्जितकारले भने।

तर पीडित शिक्षक उदेश पाण्डेले भने डिआइजीको नाममा पैसा मागेको स्कुलका प्रिन्सिपलले पनि छुट्टै पैसा मागेकाले केही रकम बुझाइको समेत बताएका छन्। पहिले कुरा मिलेको भन्दै अलिकति बढी लाग्ने ती महिलाको भनाइ छ। ‘पुलिस स्कुलका प्रिन्सिपल, डिआइजी र अर्का एकजना बाहिरका मानिसलाई दिनुपर्ने भएकोले तपाईंले सोचेभन्दा बढी अर्थात् छ लाख रूपैयाँ दिनुपर्नेछ,’ ती महिलाले शिक्षक पाण्डेसँग भनेकी छिन्।

अडियोमा काम गराउन चाहनेले नगदै दिन खोजे पनि महिलाले वीरगन्जको आदर्शनगरस्थित कामना विकास बैंकमा रकम जम्मा गर्न भनेकी छिन्। पैसा नलिइकन पुलिसले काम नगर्ने तथा विश्वास नगर्ने महिलाले बताएकी छन्। अडियो सार्वजनिक भएपछि प्रदेश २ प्रहरी प्रमुख डिआइजी रन्जितकार र रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलका प्रिन्सिपल टीकाराम भट्टराईमाथि नैतिक प्रश्न उठेको छ।

पाण्डेले प्रिन्सिपल भट्टराईको नाममा पनि पैसा पठाएको भौचरसमेत सार्वजनिक भएको छ। प्रिन्सिपलले एक लाख छुट्टै मागेको र त्यसका लागि बैनास्वरूप २१ हजार दिएको शिक्षक पाण्डेले बताएका छन्। नेपाल पुलिस स्कुल गरुडाको बारेमा सामान्यतया सर्वसाधारणलाई खासै जानकारी हुँदैन। प्रहरीको नियन्त्रणमा सञ्चालन हुने विद्यालय भएको पुलिस स्कुलको प्रिन्सिपल र डिआइजी मुछिएको यो पहिलो घटना हो।

डिआइजी रन्जितकारको नाममा सर्लाहीको त्रिभुवन नगर नाकामा रहेको प्रहरी चौकीका प्रमुख मनोज यादवले पैसा उठाएर तस्करी गराएको आरोप बाहिरिएसँगै एक महिलाले डिआइजी रन्जितकारले नेपाल पुलिस स्कुलमा स्थायी जागिर लगाइदिने भन्दै मोटो रकम मागेको अडियो सार्वजनिक भएको हो। रन्जितकारले यो विषयमा छानबिन भइरहेको बताएका छन्।

उनले छानबिनपछि सबै कुरा खुल्ने बताए पनि पीडित शिक्षकले डिआइजीलाई भेट्न खोज्दा पनि नपाएको बताएका छन्। गत माघमा स्थायी नियुक्तिका लागि लिखितमा नाम निस्किएपछि पाण्डेले चैतमा अन्तर्वार्ता दिएका।

पाण्डेको अन्तर्वार्ता लिनेमा प्रदेश २ प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) छेदिलाल कामती, प्रहरी निरीक्षकद्वय सुरेश अधिकारी र राजन ढकाल सहभागी थिए। इन्सपेक्टर ढकाल पुलिस स्कुलका समादेशक हुन्। पाँच वर्षदेखि लगातार रूपमा सोही विद्यालयमा अध्यापन गराउँदै आएका एक्ला उम्मेदवार पाण्डेलाई विद्यालयका प्रिन्सिपल भट्टराईको योजनामा अन्तर्वार्तामा फालिएको दाबी पाण्डेको छ।

आफूलाई अन्तर्वार्तामा अयोग्य सावित गर्नका लागि प्रिन्सिपल भट्टराईले प्रहरीसँगको मिलेमतो गरेको र एक लाख मागेका पाण्डेको आरोप छ। त्यसपछि प्रहरी र प्रिन्सिपलको मिलेमतोमा अन्तर्वार्तामा असफल भएपछि पाण्डेले गृह मन्त्रालयमा उजुरी गरेका थिए।

गृह प्रवक्ता फणिन्द्र पोखरेलले उनको उजुरी सुनुवाइ गर्दै डीआईजी रन्जितकारलाई घटनाबारे बुझ्न निर्देशन दिएका थिए। त्यतिमात्र होइन, गृह प्रवक्ता पोखरेलले प्रहरी प्रधान कार्यालयलाई समेत पाण्डेको विषयलाई गम्भीर बन्न निर्देशन दिए। गृहको पत्रपछि प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालयलाई घटनाबारे सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको र त्यही क्रममा स्थायी गर्न पैसा मागिएको पीडित शिक्षक पाण्डेको आरोप छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार