श्रावण १, २०८२ बिहिबार July 17, 2025

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उनले रुलिङ गरेका हुन् ।

एमालेले संसद्को अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ । एमालेले प्रतिनिधिसभाका सभामुखको भेदभावका कारण आफ्नो दल विभाजन भएको र एकीकृत समाजवादीका सांसद राष्ट्रिय सभामा उपस्थित भएकाले बैठक अघि बढ्न नसक्ने तर्क गर्दै आएको छ । एमालेको अवरोधबीच राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बजेट अघि बढाएका थिए । राष्ट्रिय सभाले बिहीबार नै बजेट पारित गरेको छ ।

एमालेले लामो समयदेखि उठाएको विषयमा छलफल गर्न उनले प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन् । ‘म नेपाल सरकार, प्रधानमन्त्रीलाई यो समस्या समाधानका लागि वार्ता र सहमतिबाट अग्रसर हुन आग्रह गर्दछु,’ तिमिल्सिनाले बैठकमा रुलिङ गर्दै एमाले सांसदहरूलाई बस्न आग्रह गरे

तर उनीहरू बैठक अवधिभर उभिए । राष्ट्रिय सभामा एमाले सांसदहरूले रोस्टम घेराउ र नाराबाजी गरेनन् । एमाले सांसदहरूले उठाएको विषय राष्ट्रले सुनेको उल्लेख गर्दै तिमिल्सिनाले संवादबाट समाधान निकाल्न एमालेलाई पनि सुझाए । ‘तपाईंहरूले उठाएको कुरा राष्ट्रले सुनेको छ । छलफल र संवादबाट समाधान निस्कने हो,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘छलफलको माध्यममा जाऔं । हाउस नियमित गर्दा राम्रो हुन्छ ।’

राष्ट्रिय सभाका अध्यक्षले रुलिङ गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवनमै भए पनि बैठकमा सहभागी भएनन् । उनी प्रतिनिधि सभाको बैठकमा भने सहभागी थिए । प्रतिनिधिसभा बैठकका सभामुख अग्नि सापकोटाले भने एमाले सांसदहरूलाई अदालतमा विचाराधीन विषय संसद्मा नउठाउन ध्यानाकर्षण गराए । तर, एमाले सांसदहरूले प्रतिनिधि सभामा रोस्टम घेराउ र नाराबाजी जारी राखे । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार