श्रावण १, २०८२ बिहिबार July 17, 2025

आइटी आर्मीलाई ओलीले मान्यता नदिएपछि पार्टी नै छाड्ने तयारी गर्दै प्रभु शाह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा रहेका पूर्वमन्त्री प्रभु साहले एमाले छाड्ने संकेत गरेका छन् । आफूलाई स्थायी कमिटीमा नलगेको भन्दै असन्तुष्ट रहेका साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताउँदै एमाले छाड्ने संकेत गरेका हुन् ।

प्रदेश २ मा माओवादीकै ज्वाला साहसँगको अन्तरविरोध रहेकै कारण उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चिढिएका थिए । नेकपा एकता अदालतबाट बदर भएपछिको सहमति कार्यन्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको भन्दै उनले एमालेभित्र विधान महाधिवेशन नभई एकता महाधिवेशन हुनुपर्ने माग राखेका छन् । उनले पार्टीभित्र आठ बुँदे माग अघि सारेर पार्टीको केन्द्रीय कमिटी बैठकमासमेत सहभागी भएका छैनन् ।

प्रदेश २ मा १ महानगरसहित ३ जिल्ला इन्चार्ज र ४ जिल्ला अध्यक्ष पूर्व माओवादीले पाउने सहमति भए पनि नपाएको भन्दै उनी असन्तुष्ट भएका थिए । ओलीले साहलाई स्थायी कमिटी सदस्य बनाउने प्रस्ताव गरेपनि त्यो अहिलेसम्म लागु भएको छैन । रौतहटमा उनी एक्लैले चुनाव जित्ने अवस्था रहेकाले पनि माओवादी वा एमाले जहाँ भएपनि स्थान पाउने उनी निकटका नेताहरुले बताउने गरेका छन् ।

अहिले उनले आइटी आर्मी नामको मोर्चाबाट जनपरिचालन र कार्यकर्ता परिचालनको काम गरिरहेका छन् । उनले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन् । तर अध्यक्ष ओली उनको यो विषय सुन्न नै चाहँदैनन् । एमालेका एक नेताका अनुसार साहले एमालेलाई जेठ २ अघिको होइन जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गर्दै आएका छन् ।

उनको आठ बुँदे मागमा जनताको बहुदलीय जनवाद होइन नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने मागसमेत राखेका छन् । त्यस्तै एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् ।

साहले एमालेको विधान महाधिवेशन होइन एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग समेत गरेका छन् । काठमाडौमा केन्द्रीय कमिटीको बैठक चलिरहेको बेला उनी भने रौतहट पुगेर मुलुकमा राजनीतिक ध्रुविकरण हुन लागेको अभिव्यक्ति दिएका थिए । रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसंग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले देशमा संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको, देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढ्दै गएकोले क्रान्तिकारीहरुको ध्रुवीकरण आजको आवश्यकता बनेको बताए ।

उनले देशलाई अग्रगमनको बाटोमा डोर्याउने उद्देश्य बोकेका क्रान्तिकारीहरुबीच चाँडै एकता भएर एउटा सशक्त शक्ति निर्माण हुने अभिव्यक्ति दिए । ‘आज देशमा गम्भीर प्रकृतिको राजनीतिक संकट गहिरिँदै गएको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ । एउटा मात्र जातिको वकालत गर्ने केही राजनीतिक दल तथा नेताहरु निहित स्वार्थमा तयार भएको वर्तमान संविधान र व्यवस्था नै यसको प्रमुख कारण छ । तर कम्युनिष्टका नामधारी पार्टीहरु यथास्थितिमा विकल्प खोजिरहेका छन् जसको कुनै अर्थ छैन’, एमाले केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री साहले भनेका छन् । हाम्रा कुरा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार