श्रावण १, २०८२ बिहिबार July 17, 2025

अन्योलमा कांग्रेस महाधिवेशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ।

सिंहदरबारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा सदस्यता टुंगो लाग्न बाँकी रहेका जिल्लाको विवाद तत्काल टुंगो लगाउने र दसैंअघि सबै जिल्लाको वडा र पालिका तहको अधिवेशन गर्ने समझदारी बनेको छ। संस्थापन पक्षले हिमाली २१ जिल्लाका सबै तहको अधिवेशन दसैंअघि नै सम्पन्न गर्ने र अन्य जिल्लामा तिहारपछि मात्र अधिवेशन गर्ने प्रस्ताव राखेको छ।

तल्लो तहका अधिवेशन प्रभावित हुँदा महाधिवेशन तोकिएको मितिमा गर्न नसकिने भन्दै आगामी केन्द्रीय समितिको बैठकबाट नयाँ मिति तोक्ने तयारी छ। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष सकेसम्म फागुन, नभए पनि पुससम्म महाधिवेशन सार्ने पक्षमा देखिएको छ।

हिमाली जिल्लाका तल्लो तहका सबै अधिवेशन दसैंअघि नै सक्ने निर्णय भएको जानकारी दिँदै सहमहामन्त्री प्रकाशशरण महतले अन्य जिल्लाको अधिवेशन भने दसैंपछि मात्र हुने बताए। बाँकी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैंपछाडि मात्र हुँदा त्योभन्दा माथिको कार्यतालिका पनि प्रभावित हुनसक्ने बताउँदै महतले भने, ‘प्रदेश अधिवेशन त अब तिहारको पछाडि पुग्ने नै भयो। केन्द्रीय महाधिवेशन माघ/फागुन होइन, कति समय आवश्यक पर्छ, हेरेर सर्न सक्छ।’

सबै जिल्लामा एकै साथ अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए। ‘महाधिवेशनको गाडी अघि बढिसक्यो। अब रोकिँदैन। तर तल्लो तहका अधिवेशन समयमा हुन नसक्दा केही समय अपुग भयो भने त्यति नै समय लिन सकिन्छ’, उनले भने। संस्थापन इतरका नेताहरूले सभापति देउवासहित संस्थापन पक्ष विभिन्न बहानामा महाधिवेशन सार्ने पक्षमा रहेको आरोप लगाएका छन्।

उनीहरूले क्रियाशील सदस्यतामा व्यापक धाँधली गरिएको भन्दै त्यसको तत्काल निष्पक्ष छानबिन गरेर तोकिएकै मितिमा महाधिवेशन सक्नुपर्नेमा जोड दिएका छन्। फेरि महाधिवेशन सार्ने बहानाबाजी गर्न थालिएको भन्दै नेता रामचन्द्र पौडेलले थपे, ‘तोकिएको मितिमा महाधिवेशन गर्नुपर्छ।

अब कुनै पनि हालतमा महाधिवेशन सारिनु हुन्न।’ महाधिवेशन सार्दै जाने कुराले पार्टी दुर्घटनामा पर्नसक्ने पौडेलको बुझाइ छ। सभापति देउवाले पार्टीलाई संकटमा धकेल्न लागेको आरोप पौडेलको छ। उनले भने, ‘तत्काल सदस्यता विवाद टुंगो लगाउनुपर्छ र महाधिवेशन गर्नुपर्छ।’

पाँचौं पटक फेरिएको कार्यतालिकाअनुसार कांग्रेसले भदौ १८ गते देशभरिका ६ हजार सात सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने जनाएको थियो। तर अहिलेसम्म प्रदेश नम्बर २ का आठ जिल्लासहित १३ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगो लाग्न सकेको छैन।

सदस्यता विवाद तत्काल समाधान गर्न भन्दै सभापति देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मीनेन्द्र रिजाल तथा रमेश लेखकलाई काठमाडौं बोलाएका छन्। लेखक नेतृत्वको समितिले टुंगो लगाउन नसकेका विषय समाधान गर्न सिटौला नेतृत्वमा अर्को समिति बनाइएको थियो। उक्त समितिले विवाद समाधानका लागि सैद्धान्तिक सहमति निर्माण गरे पनि त्यसमा समेत विवाद देखिएको छ।  नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार