काठमाडौंः सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले बाढी र पहिरोबाट क्षतिग्रस्त भएका राजमार्गहरू सहज रुपमा सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकले दशैं तिहार लगायतका चाडपर्व नजिकिँदै गएको भन्दै राजमार्गको अवरोध खुलाएर नागरिकलाई सहज रुपमा यात्रा गर्ने वातावरण निमार्ण गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले बस तथा हवाई टिकटको व्यवस्था अनलाइनमार्फत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, दशैँअघि र पछि गरी कम्तीमा ७ दिन रुट परमिट लागु नगर्न र नागरिकको सुरक्षाका लागि विशेष अनुगमन टोलीको समेत व्यवस्था गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले ५० करोड रुपैयाँभन्दा बढी लागत पर्ने आयोजनाहरूलाई मात्र बहुबर्षीय आयोजना मान्ने गरी बनाइएको मापदण्डले पूर्वाधार विकासका धेरै आवश्यक आयोजना कार्यान्वयन गर्न अप्ठेरो परेको भन्दै उक्त मापदण्डमा तत्काल पुनरावलोकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया