असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिका र भारतपछि आईजीपी खनालको चीन भ्रमण सरकारद्वारा रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालमा रहेर आपराधिक गतिविधिमा संलग्न चिनियाँविरुद्ध चीनसँगको समेत समन्वयमा नेपाल प्रहरीले अपरेसन गरिरहेका बेला नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालको चीन भ्रमण नै सरकारले रद्द गरेको छ।

गृहमन्त्री रामबहादुर थापा र आईजीपी खनालसहितको टोली यही पुस २१ गते चीन भ्रमण जाने कार्यक्रम थियो। गृहमन्त्री थापाँ चीन सरकारको निमन्त्रणामा ७ दिनका लागि चीन जाँदै छन्।

नेपालमा बसेर चीनविरुद्ध साइबर अपराधमा संलग्न चिनियाँ नागरिकको समूह सोमबार काठमाडौंमा पक्राउ परिरहँदा बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी खनाललाई चीन नपठाउने निर्णय गरेको हो।

अपरेसन फितलो भएको र प्रचारबाजी मात्र बढी भएको भन्दै सरकारले आईजीपी खनाललाई चीन भ्रमणमा नपठाउने निर्णय गरेको गृहको उच्च स्रोतले बतायो।

यसअघि आईजीपी खनाल भारत भ्रमणमा जाने प्रस्ताव पनि गृह मन्त्रालयले अघि नबढाएपछि रोकिएको थियो।

यस्तै अमेरिका भ्रमण प्रस्ताव र अहिले चीन भ्रमण प्रस्तावसमेत मन्त्रिपरिषद्ले फिर्ता गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार