श्रावण १, २०८२ बिहिबार July 17, 2025

मन्त्रीमण्डल विस्तारमा ढिलाइ, सत्ता गठबन्धन मन्त्रालय भागवण्डामै अल्झियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले सत्ता गठबन्धनमा रहेको दलहरूलाई सहज हुने गरी कानुनी जटिलता हटाए पनि मन्त्रिपरिषद् विस्तारको गाँठो अझै फुकेको छैन । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा समझदारी भए तापनि मन्त्रालय भागवण्डाको विषयमा सहमति जुटिनसकेका कारण अझै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले मन्त्रालयको भागवण्डाको कुरा नमिल्दा अझै मन्त्रीहरूको छनोट गर्न सकेको छैन ।

माओवादी स्थायी समितिको बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रीमण्डलाई पूर्णता दिने जानकारी गराउनुभएको थियो । माओवादीको नेता देवेन्द्र पौडेलले गठबन्धनमा मन्त्रालयको भागवण्डा टुंगो लगेपछि मन्त्रीमण्डल विस्तारको प्रक्रिया अगाडि बढ्ने जानकारी दिँदै भन्नुभयो– ‘उहाँका अनुसार मन्त्रालयको भागवण्डामा सहमति जुटेलगत्तै पार्टीको बैठक बसेर मन्त्रीहरूको नाम छनोट हुनेछ ।’

जसपाले पनि मन्त्रालयको भागवण्डामा अझै सहमति नजुटेका कारण मन्त्री छनोटको गर्न नसकिएको बताएको छ । जसपाका नेता महेन्द्र राय यादवले मन्त्रालयमै कुरा मिल्न नसकेकाले मन्त्री छनोट हुन नसकेको बताउँदै भन्नुभयो– ‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर सरकारले हाम्रो माग पूरा गरेको छ, अब मन्त्रालयको कुरा मिलेपछि मन्त्री छनोट गरेर सरकारमा सहभागी हुन्छौं ।’

सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने मन्त्रीहरूको नामको टुंगो लगाएको छ । तर, कुन–कुन मन्त्रालय लिने भन्ने विषयमा भने एकीकृत समाजवादी पनि अन्योलमै रहेको छ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिहरूको नाम टुंगो लगाए पनि मन्त्रालय भागवण्डामा समझदारी हुन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारमा सहभागी हुन हामी तयार छौं, सत्ता गठबन्धनमा समझदारी भएलगत्तै मन्त्रीहरूको नाम बुझाउँछौं ।’नेपाल समाचारपत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार