श्रावण १, २०८२ बिहिबार July 17, 2025

मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवाले गठबन्धनसँग मागे मन्त्रीहरूको नाम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका हुन् ।

वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले बिहीवार साँझसम्म मन्त्रालय बाँडफाँट टुंग्याएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिन चाहेका छन् ।

‘प्रधानमन्त्रीज्यू जतिसक्दो छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रयासरत हुनुहुन्छ, सत्ता गठबन्धन आबद्ध दलसँग उहाँले मन्त्रीको लिस्ट माग्नुभएको छ, बिहीबारसम्म मन्त्रालय कसले कुन लिने टुंग्याएर सम्भवतः शुक्रबार सरकारले पूर्णता पाउँछ,’ प्रधानमन्त्री देउवानिकट कांग्रेस नेता मीन विश्वकर्माले राजधानीसँग भने ।

मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री देउवाबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा २ घण्टा छलफल भएको थियो । सो छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने अस्वस्थ भएकाले सहभागी भएनन् भने जसपा अध्यक्ष पार्टीको कार्यक्रममा जनकपुर पुगेकाले सहभागी हुन पाएनन् ।

त्यसपछि दुई नेताबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भए पनि थप गठबन्धनको बैठक बसेर निर्णय लिने सहमति बनेको छ । प्रधानमन्त्री देउवाले आज नै गठबन्धनको बैठक बोलाएर सोबारे निर्णय गर्नेछन् ।

मन्त्रालयको संख्याका विषयमा भने गठबन्धन आबद्ध दलबीच सहमति भइसकेको छ । सहमतिअनुसार कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच मन्त्री र एक राज्य मन्त्री पाउने छन् । तर, कुनकुन मन्त्रालय कसले लिने भन्ने टुंगिएको छैन । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार