असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन : सरकारका प्रवक्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्ता साझेदार समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिनु पर्ने वा नपर्ने भन्ने बहस अर्थहीन रहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् ।

बिहीवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले विश्वासको मत लिनुपरे पनि कुनै महाभारत नहुने बताएका छन । उनले प्रतिनिधिसभामा बहुमत रहेकाले त्यो ठूलो कुरा नभएको बताएका छन ।

मन्त्री बाँस्कोटाले भने-प्रधानमन्त्री २०७४ फागुन ३ गते निर्वाचित हुनुभयो,सो सत्ता साझेदार थिए उनीहरु पछि सामेल भएका हुन् । उनीहरुले छाड्दैमा सरकार ढल्ने पनि होइन । संवैधानिक हिसाबले लिनुपरे पनि त्यो कुनै महाभारतको विषय होइन, दश मिनेट लाग्ला ।

संविधानको धारा १०० मा सत्तामा सहभागी गठबन्धनको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार