असार २४, २०८२ मंगलबार July 8, 2025

कांग्रेस केन्द्रीय समिति बैठक : पौडेल पक्षले बहिष्कार गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवासँग पटक–पटक भएको वार्तामा नविसंघमा महामन्त्री थप गर्ने र तरुण दलको नेतृत्व दिने विषयमा सहमति नजुटेपछि शुक्रबार बोलाएको बैठक पौडेल पक्षले बहिष्कार गर्ने भएको हो।
सहमति जुटन नसकेका कारण बैठकमा सहभागी नहुने निर्णय गरेको पौडेल समूहका नेता गुरु घिमिरेले बताएका छन। कार्यसमिति बैठकमा सहभागिताबारे निर्णय गर्न शुक्रबार बिहान नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सो समूहको बैठक बसेको थियो। नेता घिमिरेले भने, ‘सभापति हाम्रा मागमा सहमत नभएपछि हामीले आजको बैठकमा सहभागी नहुने निर्णय गरेका छौं।’
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतको उपस्थिति थियो भने पौडेल समूहसँग जोडिँदै आएका अर्का नेता कृष्ण सिटौला भने सहभागी थिएनन्।

मंसिर २६ गते बसेको कार्यसमिति बैठक पनि पौडेल समूहले बहिष्कार गरेकाले मुख्य विषयमा प्रवेश नै नगरी स्थगित गरिएको थियो। त्यसयता कार्यसमितिको मिति तय हुँदै स्थगित गरिँदै आएको छ। पुस २ र ४ गते राखिएको बैठक बस्दै नबसी स्थगित गरिएको थियो भने त्यसपछि पौडेल समूहसँग निर्णायक वार्ता गर्ने भन्दै शुक्रबार कार्यसमिति बैठक बस्ने तय गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार