श्रावण ५, २०८२ सोमबार July 21, 2025

तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धार्मिक तथा सांस्कृतिक महत्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ ।

जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइतको पूजा विर्सजन गरेपछि सेतो घोडा जात्रा हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि दिइन्छ ।

घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोकका साथै माथिल्लो दरबारक्षेत्रको खिछें, चोछें, भोलाछें, थालाछें, गोलमढी, सुकुलढोका र टौमढी घुमाई जात्रा सम्पन्न गरिने गरिन्छ । जात्रामा दरबार स्क्वायरमा रहेको पशुपतिनाथलाई घोडानाच देखाउन तीनपटक दगुराउने गरिन्छ ।

पायःद्यो (खड्ग जात्रा) सम्पन्न 

भक्तपुरको तलेजुमा बडादसैँको मध्यरातमा मनाइने पायःद्यो (खड्ग) जात्रा गए राति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्रुप मानिने पायःद्योलाई रातो कपडाले बेराएर युद्ध कवच पहिर्याएर  जात्रा मनाइने गरिन्छ ।

बडादसैँको राति तलेजुको आँगनको खँकुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र, शस्त्र, अस्त्रसहित तलेजुको प्रतीरुप पायः द्यो तलेजुका मूल आचाजु र पुरोहितले राजोपाद्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ ।

जात्रामा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पुर्याएपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिइन्छ । जात्रा चन्द्रमासको तिथि र गतिका आधारमा आयोजना गरिन्छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’ – मन्त्री अधिकारी
२०८२ श्रावण ५, सोमबार
नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे
२०८२ श्रावण ५, सोमबार
साफ महिला यू-२० च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले जित्यो उपाधि
२०८२ श्रावण ५, सोमबार
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार