असोज १२, २०८३ सोमबार September 28, 2026

हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै भैरहवामा ‘विराट धर्म सभा’ शुरु, जगतगुरु शंकराचार्य सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्व ओमकार एकता महाभियानद्वारा आयोजित ‘विराट धर्म सभा’ सुरु भएको छ ।

नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित विश्व ओमकारले रुपन्देहीको भैरहवामा सभा आयोजना गरेको हो । आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने छ ।

सभामा नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भइसकेका छन् । भारतको, उडिसा, जगन्नाथपुरीस्थित गोबर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्दको पनि आइसकेका छन् ।

नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले बताए ।

वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका ६० जनाभन्दा धेरै धर्मगुरुको आगमन भैरहवामा भइसकेको छ ।

सभामा १ सयभन्दा धेरै धर्मगुरु र कथावाचक आउने अनुमान आयोजकले गरेका छन् । धर्मसभामा जगतगुरु शंकराचार्यले सोमबार सम्बोधन गर्ने कार्यक्रम छ ।

धर्मसभामा देशभरबाट आएका धर्मगुरुसहित रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट समेत पाँच हजार जनाको उपस्थिति रहने आयोजकले जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १२, सोमबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १२, सोमबार
आज सोमबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १२, सोमबार
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार