श्रावण ५, २०८२ सोमबार July 21, 2025

कीर्तिपुरमा आजदेखि आरोग्य सप्ताह सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरले आरोग्य सप्ताह २०२१ आयोजना गरेको छ ।

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०७८ का अवसरमा आरोग्य सप्ताह आयोजना गरिएको क्याम्पस प्रमुख सहप्राध्यापक डा शिवमङ्गल प्रसादले जानकारी दिनुभयो ।

सप्ताहको कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले गर्नुभएको थियो । उद्घाटन समारोहपश्चात् क्याम्पस परिसरमा सरसफाइ एवं वृक्षरोपण कार्यक्रम भएको थियो ।

कार्यक्रममा आयुर्वेद चिकित्सा परिषद् नेपालका अध्यक्ष डा सन्तोषकुमार ठाकुरले यस्ता कार्यक्रमले आयुर्वेद चिकित्साप्रतिको आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो ।

आरोग्य सप्ताहअन्तर्गत यही कात्तिक १२ गते शिक्षण अस्पताल परिसरमा निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क मधुमेह परिक्षण एवं रक्तदान कार्यक्रम हुने भएको छ ।

त्यसैगरी कात्तिक १४ गते अन्तर्राष्ट्रिय वेबिनार, १५ गते राष्ट्रियस्तरको पोष्टर प्रतियोगिता र १६ गते धन्वन्तरी पूजा एवं समापन कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया