असोज १२, २०८३ सोमबार September 28, 2026

माइक्रोसफ्ट बन्यो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकलाई उछिनेर सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रवारको कारोबारमा माइक्रोसफ्टको बजार पूँजीकरण करीब २४ खर्ब ९० अर्ब डलरमा पुगेर बन्द भएको छ ।

एप्पलको बजार पूँजीकरण सोही अवधिमा २४ खर्ब ६० अर्ब डलर रहेको थियो । कम्पनीको आम्दानी चालू आर्थिक वर्षको चौंथो त्रैमासमा अपेक्षा गरिएभन्दा कम भएको बिहीबार एप्पलले बताएको थियो । बजार पूँजीकरण १० खर्ब डलर र २० खर्ब डलर नाघ्ने एप्पल पहिलो कम्पनी थियो ।

गतवर्ष बजार पूँजीकरणमा साउदी अराम्कोलाई उछिनेर यो विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रुपमा शेयर किनबेच हुने कम्पनी पनि बनेको छ । माइक्रेसफ्टले यसअघि बजार पूँजीकरणम ाएप्पललाई सन् २०२० मा उछिनेको थियो । यसको बजार पूँजीकरण २० खर्ब ८० माथि भने गएको जुनमा आएको थियो ।

यस वर्षको अहिलेसम्मको अवधिमा माइक्रोसफ्टको शेयरमूल्य ४८ प्रतिशतले बढिसकेको छ । सोही अवधिमा एप्पलको शेयर मूल्यमा करीब १३ प्रतिशतको वृद्धि भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक पूर्वाधारमा ठूलो लगानी, अब उपलब्धि देखाउने दबाब
२०८३ असोज १२, सोमबार
कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना
२०८३ असोज १२, सोमबार
जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी
२०८३ असोज १२, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असोज १२, सोमबार
शंकित व्यक्तिको पोलिग्राफ परीक्षण गर्न अख्तियारलाई कानुनी आधार
२०८३ असोज १२, सोमबार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
२०८३ असोज १२, सोमबार
आज सोमबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १२, सोमबार