श्रावण ५, २०८२ सोमबार July 21, 2025

माइक्रोसफ्ट बन्यो विश्वकै सर्वाधिक मूल्यवान कम्पनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशन घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकलाई उछिनेर सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रवारको कारोबारमा माइक्रोसफ्टको बजार पूँजीकरण करीब २४ खर्ब ९० अर्ब डलरमा पुगेर बन्द भएको छ ।

एप्पलको बजार पूँजीकरण सोही अवधिमा २४ खर्ब ६० अर्ब डलर रहेको थियो । कम्पनीको आम्दानी चालू आर्थिक वर्षको चौंथो त्रैमासमा अपेक्षा गरिएभन्दा कम भएको बिहीबार एप्पलले बताएको थियो । बजार पूँजीकरण १० खर्ब डलर र २० खर्ब डलर नाघ्ने एप्पल पहिलो कम्पनी थियो ।

गतवर्ष बजार पूँजीकरणमा साउदी अराम्कोलाई उछिनेर यो विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रुपमा शेयर किनबेच हुने कम्पनी पनि बनेको छ । माइक्रेसफ्टले यसअघि बजार पूँजीकरणम ाएप्पललाई सन् २०२० मा उछिनेको थियो । यसको बजार पूँजीकरण २० खर्ब ८० माथि भने गएको जुनमा आएको थियो ।

यस वर्षको अहिलेसम्मको अवधिमा माइक्रोसफ्टको शेयरमूल्य ४८ प्रतिशतले बढिसकेको छ । सोही अवधिमा एप्पलको शेयर मूल्यमा करीब १३ प्रतिशतको वृद्धि भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया