श्रावण ५, २०८२ सोमबार July 21, 2025

‘हेलो सरकार’ सामाजिक सञ्जालमा किन निष्कृय भयो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले जनगुनासो सुन्नका लागि सञ्चालनमा ल्याएको ‘हेलो सरकार’ सामाजिक सञ्जालमा निष्कृय बनेको छ । एकताका सामाजिक सञ्जालमा निकै सक्रिय ‘हेलो सरकार’को फेसबुक अकाउन्ट २६ महिनादेखि र ट्वीटर ह्यान्डल १८ महिनादेखि निष्कृय बनेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा सरकारका आधिकारिक निर्णय तथा सूचनामा प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल, व्यक्तिगत ट्वीटर ह्यान्डल र प्रधानमन्त्रीका प्रेस सल्लाहकारको ह्यान्डल सक्रिय रहँदा ‘हेलो सरकार’ ओझेलमा परेको थियो । कतिपय पटक बाझिने अवस्थासमेत देखिएपछि ‘हेलो सरकार’को ट्वीटर तथा फेसबुक अपडेट बन्द भएको हो । यद्यपि वेब पोर्टलमार्फत भने ‘हेलो सरकार’ले गुनासो सुन्ने तथा त्यसको फलोअप गर्ने कार्य जारी राखेको उपसचिव छविलाल पाण्डेले बताए ।

‘हामीले सामाजिक सञ्जालमार्फत प्राप्त हुने गुनासो तथा सूचनालाई समेत टिप्ने र सम्बन्धित निकायमा पठाउने कार्य गरिरहेकै छौँ,’ उनले भने, ‘तर पब्लिक पोस्ट गर्ने विषयमा भने एकद्वार नीति अपनाउने भन्ने कुरा थियो । त्यो विषय टुङ्गिन नसकेपछि पब्लिक पोस्ट गरेका छैनौँ ।’

नेपाल सरकारको आधिकारिक सामाजिक सञ्जाल भए पनि अहिले आधिकारिक सूचना तथा जानकारी निर्क्यौल गर्ने तथा सार्वजनिक गर्ने अधिकार भने  ‘हेलो सरकार’ लाई दिइएको छैन । सूचना सम्प्रेषणको विषयमा ‘हेलो सरकार’ र प्रधानमन्त्री कार्यालयबीच समन्वय हुन नसक्दा पब्लिक अपडेट बन्द गरिएको उपसचिव पाण्डेको भनाई छ ।

हाल ‘हेलो सरकार’को वेब पोर्टलमा ३५०० भन्दा बढी निकाय आवद्ध रहेको भन्दै उनले प्राप्त गुनासो सम्बन्धित निकायमा पठाउने गरिएको बताए । ‘माथिल्लो निकायसँग ‘हेलो सरकार’को समाजिक सञ्जाल सक्रिय राख्ने विषयमा बेलाबेला छलफल भइरहेको हुन्छ,’ उनले भने ।

सात घन्टाका चार सिफ्ट बनाएर २४ सै घन्टा नियमित राख्न सञ्चालनमा ल्याइएको ‘हेलो सरकार’ अहिले केवल दुई सिफ्टमा मात्रै सञ्चालनमा छ ।

बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो २ बजेदेखि राति ९ बजेसम्म गरी ‘हेलो सरकार’लाई अहिले दुई सिफ्टमा सीमित गरिएको छ । त्यसमाथि कोभिड १९ को महामारीलाई देखाउँदै बेलुकाको सिफ्टलाई ७ बजेसम्म छोट्याइएको छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार